
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । अभिनेत्री केकी अधिकारीको शुक्रबार परेको जन्मदिनको अवसरमा उनी अभिनित फिल्म ‘सिल्ली फो’को इन्डक्ल्याप गरिएको छ । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्मको केही समययता नेपालगञ्ज आसपास छायांकन भइरहेको थियो ।
निर्देशक सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पूरा गरेको बताए । फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय छ ।
यही फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij