Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

 ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो : डब्लूएचओ

 ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो : डब्लूएचओ

  • न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरुमा पनि फैलिएको हुन सक्ने अनुमान गरेका छन् । ओमिक्रोन नियन्त्रण गर्न देशहरुले पर्याप्त तयारी नगरेको उनले बताए । 

    images
    images
    images

    ‘अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्यासित संक्रमण दर वास्तवमै चिन्ताजनक छ,’ उनले भने ।

    ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक संक्रमितको संख्या पनि बढेको छ । स्वंयम राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उनी अहिले आइसोलेसनमा छन् । 

    ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।  नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij