Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अल्मुताइरीको राजीनामा : तात्यो राष्ट्रिय खेलकुद परिषद

अल्मुताइरीको राजीनामा : तात्यो राष्ट्रिय खेलकुद परिषद

  • सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणबारे छानबिन गरिरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पाँचजनासँग बयान लिएको हो ।

    images
    images
    images

    काठमाडौँ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणबारे छानबिन कार्य जारी रहेको छ । यही साउन १० गते सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा प्रकरणबारे छानबिन गरिरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधबार पाँचजनासँग बयान लिएको हो । 

    राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे संयोजकत्वको ७ सदस्यीय समितिले बुधबार एन्फा उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायसँग बयान लिएको राखेपका एक सदस्यले जानकारी दिए । 

    समितिले यसअघि मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, केन्द्रीय सदस्य किरण राई र राखेप अन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको थियो ।

    साउन १० गते मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको र आफूले राजीनामा दिनुपर्नेको कारण एन्फा उपाध्यक्ष नेम्वाङ रहेको उल्लेख गरेपछि विवाद सुरु भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij