Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

रोए मेस्सी

रोए मेस्सी

  • बार्सिलोना छाड्नुअघि मेस्सी गहभरि आँसु पार्दै सहभागी भएको तस्बिर अहिले विश्वभर भाइरल बनिरहेको छ । 

    images
    images
    images

    काठमाडौं । बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो । बार्सिलोना छाड्नुअघि आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा गहभरि आँसु पार्दै सहभागी भएको तस्बिर अहिले विश्वभर भाइरल बनिरहेको छ । 

    233140822_586379025857602_7302224504345302782_n.jpg

    नेपाली समयअनुसार आइतबार पौने ४ बजे बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा गरिएको पत्रकार सम्मेलनको पोडियममा आइपुग्दा मेस्सी भावविह्वल बनेका हुन् । मेस्सी रोएको देखेपछि सहभागी पत्रकार र समर्थकहरुको पनि आँखा रसाएको थियो । 

    २१ वर्ष बार्सिलोनामा बिताएर विछोडिनु पर्दाको पीडा सुनाउँदै मेस्सीले आफूले बार्सिलोना छाड्ने कहिल्यै कल्पना नगरेको बताए । उनले आफू बार्सिलोनानै बस्न तयार भएको पनि बताए । 

    234109862_586378925857612_7280823756034547752_n.jpg

    तर,आर्थिक अवस्था र लालिगाको नियमका कारण सम्झौतामा हस्ताक्षर हुन नसकेको बार्सिलोनाले प्रतिक्रिया दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij