
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । एफए कम्युनिटी सिल्डको उपाधि लेस्टर सिटीले जितेको छ । शनिबार वेम्बली रंगशालामा भएको खेलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै लेष्टर सिटीले उपाधि जितेको हो ।
निकै रोमान्चक बनेको उक्त खेलमा लेष्टर सिटीले म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा लेष्टरका लागि ज्याक ग्रेलिसले गरेको गोल नै निर्णय बन्यो ।
उनले खेलको ६५औँ मिनेटमा गरेको निर्णायक गोलले लेष्टरलाई उपाधि दिलायो । लेष्टरले कम्युनिटी शिल्डको उपाधि जितेको यो दोस्रो पटक हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij