Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

टोकियो ओलम्पिक : स्वर्णको लागि ब्राजिल र स्पेन भिड्ने

टोकियो ओलम्पिक : स्वर्णको लागि ब्राजिल र स्पेन भिड्ने

  • काठमाडौं । टोकियो ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदका लागि स्पेनले ब्राजिलसँग भिड्ने भएको छ । स्पेनले आयोजक जापानलाई अतिरिक्त समयमा १–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा मार्को असेन्सियोले गोल गर्दै स्पेनलाई जीत दिलाए । उता, ब्राजिलले मेक्सिकोलाई हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो ।

    images
    images
    images

    सेमिफाइनलमा जापानले स्पेनलाई अतिरिक्तसम्म रोक्न सफल रह्यो । उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको जापानले स्पेनलाई काउन्टरमा प्रहार गर्ने रणनीति अपनाएको थियो । अन्ततः खेलको ११६ औँ मिनेटमा असेन्सियोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

    उता, ब्राजिलको फाइनलसम्मको यात्रा भने अझ कठिन रह्यो । १२० मिनेटसम्म पनि बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा ब्राजिल ४–१ ले विजयी बन्यो । ब्राजिल ओलम्पिकको फाइनलमा पुगेको लगातार दोस्रो पटक हो । सन् २०१६ मा ब्राजिल स्वर्ण पदक जितेको थियो ।

    अब फाइनल शनिबार अगस्त ७ मा याकोहामास्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दुवै टोली दोस्रोपटक स्वर्णपदक जित्ने दाउमा हुनेछ । स्पेनले यसअघि सन् १९९२ मा ओलम्पिकमा स्वर्ण जितेको थियो । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij