Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

वर्षाले तीन खेल रद्द गरेपछि पाकिस्तानलाई सिरिज उपाधि

वर्षाले तीन खेल रद्द गरेपछि पाकिस्तानलाई सिरिज उपाधि

  • काठमाडौं । वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले चार टी-ट्वान्टी खेलको शृंखलामा १-० को जित गर्दा गरेको छ।

    images
    images
    images

    मंगलवार खेलिएको चौथो तथा अन्तिम टी-ट्वान्टी खेल पनि वर्षाका कारण रद्द भएपछि पाकिस्तानले सिरिज १-० ले जित्न सफल भएको हो। गुयानास्थित प्रोभिडेन्स स्टेडियममा भएको अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

    images

    वर्षाले खेल रद्द गर्नु अगाडि वेस्ट इन्डिजले दमदार शुरुवात गरेको थियो। शुरुवाती तीन ओभरमा नै घरेलु टोलीले ३० रन बनाउन सफल भएको थियो। वेस्ट इन्डिजका लागि ओपनरद्वय आन्द्रे फ्लेचर र क्रिस गोलले क्रमशः १७ तथा १२ रनको योगदान दिएका थिए।

    त्यसपछि खेल सुचारु हुन नसक्दा पाकिस्तानले शृंखला आफ्नो कब्जामा पार्न सफल भएको हो। सिरिज अन्तर्गत पाकिस्तानले दोस्रो खेलमा जित निकाल्न सफल भएको थियो।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij