Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु

कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु

  • काठमाडौं । लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को फिजिकल अडिसन बुधबारबाट शुरु भएको छ । 

    भदौ १५ गतेबाट सुरु भएको डिजिटल अडिसन पनि सकिएको छ । डिजिटल अडिसनमा ६ हजार भन्दा बढी सहभागी भएको जनाइएको छ । 

    डिजिटल अडिसनबाट आएका उत्कृष्ठ १ सय ८० फिजिकल अडिसनमा सहभागी हुनेछन् । बुधबार मात्र ४५ जनाले यो अडिसन दिएका छन् । उत्कृष्ठ १ सय ८० फिजिकल अडिसनबाट २४ जना छनोट हुनेछन् । 

    कमेडी च्याम्पियनको विजेता हुनेले २५ लाख नगद र कार पुरस्कार पाउनेछ ।

    यसअघि सिजन–१ मा हिमेश पन्त विजेता बनेका थिए । कमेडी च्याम्पियन कार्यक्रमका निर्माता विशाल भण्डारी तथा जजमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij