Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

विश्वकप २०२२ : कुवेतमाथि अस्ट्रेलियाको सहज जित

विश्वकप २०२२ : कुवेतमाथि अस्ट्रेलियाको सहज जित

  • काठमाडौं।  ‘फिफा विश्वकप २०२२’ छनोट खेल अन्तर्गत अस्ट्रेलियाले कुवेतलाई ३-० गोलले पराजित गरेको छ।

    images
    images
    images

    समूह ‘बी’ मै रहेका यी दुई टोली बिच गए राति कुवेतको ‘जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला’मा प्रतिस्पर्धा हुँदा अस्ट्रेलियाले जित निकालेको हो।

    images

    अस्ट्रेलियाको जितमा म्याथ लेकी, ज्याक्सन इभर्नी र एजडिन हाष्टिङले गोल गर्न सफल भए। खेलको पहिलो मिनेटमै लेकीको सहज गोलमार्फत पाहुना गोलले अग्रता लिएको थियो।

    त्यसपछी पहिलो हाफको २४ औं मिनेटमा ज्याक्सनले पेनाल्टीमार्फत अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाए। दोस्रो हाफको ६६औं मिनेटमा हाष्टिङले तेस्रो गोल थपे र अस्ट्रेलियाले खेल ३-० ले आफ्नो पक्षमा पार्यो।

    यस जितले समूह ‘बी’ मा अस्ट्रेलियाले ५ खेलमा ५ जित निकाल्न सफल भएको छ। १५ अंकका साथ अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। 

    images

    घरेलु मैदानमा पराजय भोगेको कुवेत १० अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको जोर्डनको पनि समान १० अंक छ। बिहीवार नै चाइनिज ताइपेइविरुद्ध जित निकालेको नेपाल ६ अंकका साथ चौथौं स्थानमा छ भने ताइपेइ अंक तालिकाको पुछारमा रहेको छ। ताइपेइ यस समूहमा जितविहिन छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij