Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

डिएसपी भाटको भाटाले माफिया र तस्कर भयभीत

डिएसपी भाटको भाटाले माफिया र तस्कर भयभीत

  • भाट डिएसपी बनेर आएपछि सो क्षेत्रमा तस्करी गर्नेदेखि,अबैध मदिरा बनाउने सबैको निद हराम भएको छ ।

    काठमाडौं । डिएसपी उद्धव सिंह भाटलाई माफिया लागेर हटाउन खोजेको भन्दै बरहथवाका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा अब्बल मानिएका डिएसपी भाटसहितको प्रहरी प्रशासनले कोभिड १९ नियन्त्रणमा सक्रिय भएर काम गरिरहेको र केही माफिया व्यापारीहरुले काम गर्न नदिएको भनी नेपाल युवा विकास समाजको पहलमा हस्ताक्षरसहित ज्ञापन पत्र बुझाइएको समाजका अध्यक्ष राम प्रमोद रायले जानकारी दिए । भाट डिएसपी बनेर आएपछि सो क्षेत्रमा तस्करी गर्नेदेखि,अबैध मदिरा बनाउने सबैको निद हराम भएको छ ।

    भाटले झुठो विवरण बुझाएर भारतीय नागरिकलाई नागरिकता दिने केहि अभियुक्तहरुलाई पनि पक्रिएका थिए । नेपाल सरकारले प्रयोगमा प्रतिबन्ध गरेका लागु औषधसहित थुप्रै अभियुक्तलाई भाटले पक्राउ गरिसकेका छन् । जुवातास खेल्ने थुप्रैलाई बरहथवा प्रहरीले पक्राउ गरिसकेको छ । डाँका मुद्धामा ३३ वर्षदेखि फरार रहेका राजवंशी सहनीलाई पनि भाटले पक्राउ गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij