
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त हुँदै गइरहेकी छिन् ।
२०२१ मा उनको ५ फिल्म रिलिज हुँदैछन् । उनी अब अभिनेता शाहरूख खानसँग फिल्म ‘पठान’मा देखिदैछन् । यस फिल्ममा दीपिकाले १५ करोड पारिश्रमिक लिएको बताइएको छ भने जोन अब्राहमले २० करोड लिएका छन् ।
त्यस्तै उनी नाग अश्विनको फिल्ममा पनि देखिदैछिन् । यस फिल्ममा उनीसँग अमिताभ र प्रभाषको अभिनय रहेको छ ।
त्यस्तै उनी फिल्म ‘द इन्टर्न’ मा पनि लागेकी छिन् । यो फिल्म २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘द इन्टर्न’को हिन्दी रिमेक हो । यस फिल्ममा दीपिका र ऋषि कपूरको अभिनय रहने बताइएको छ ।
त्यस्तै उनी फिल्म ‘महाभारत’ मा पनि देखिदैछिन् । उनी यस फिल्ममा द्रौपदीको भूमिकामा देखिनेछिन् । यस्तै उनी शकुन बत्राकको फिल्ममा पनि देखिदैछिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij