Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

नेपाली राष्ट्रिय फुटबल टोली आज इराक प्रस्थान गर्दै

नेपाली राष्ट्रिय फुटबल टोली आज इराक प्रस्थान गर्दै

  • काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली आज इराक प्रस्थान गर्दैछ। फिफा विश्वकप तथा एसियन कप छनोटका बाँकि खेल खेल्नु अगाडि यही ‘मे २९’ तारिखमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।

    images
    images
    images

    बसरा’ रंगशालामा नेपालले इराकसँग सन् २००१ पछि पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। यस अघि नेपाल र इराक बिच ३ खेल खेलिएको थियो ।

    images

    फिफा वरियतामा नेपाल भन्दा १०२ स्थान माथि रहेको इराकविरुद्धको खेल नेपाललाई निकै नै चुनौतीपूर्ण हुनेछ। फिफा वरियतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६९औं स्थानमा रहेको छ।

    मंगलवार राति १० बजे ३५ सदस्सीय टोली इराक प्रस्थान गर्न लागेका हुन्, जसमा २३ खेलाडी रहेका छन्। नेपाली राष्ट्रिय टोलीले कतार एयरवेजको विमानबाट यात्रा गर्दैछ। यसैबीच यात्रा गर्न लागेका हरेक राष्ट्रिय टोलीका सदस्यको कोरोना प्रशिक्षणका लागि गरिएको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आइसकेको छ।

    प्रतियोगिता सक्काएर नेपाली टोली जुन १२ तारीखमा स्वदेश फिर्ता आउने कार्यक्रम रहेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij