Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

महिला विश्वकप फुटबलको नयाँ मिति सार्वजनिक

महिला विश्वकप फुटबलको नयाँ मिति सार्वजनिक

  • काठमाडौं।  सन् २०२३ महिला विश्वकप फुटबलको नयाँ मिति सार्वजनिक गरिएको छ।

    images
    images
    images

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले महिला विश्वकपको नयाँ मिति सार्वजनिक गरेको हो। नयाँ सूचना अनुसार महिला विश्वकप फुटबल सन् २०२३ को जुलाई २० देखि अगस्ट २० सम्म आयोजना हुने भएको छ।

    images

    अस्ट्रेलिया र न्युजिल्यान्डले सन् २०२३ को महिला विश्वकप फुटबल संयुक्त रूपमा आयोजना गर्ने कार्यक्रम रहेको छ।

    प्रतियोगिताको उद्घाटन खेल न्युजिल्यान्डको अकल्यान्डमा हुने निश्चित भएको छ। यस्तै न्यूजिल्याण्डको ह्यामिल्टन, बुनेडिन र राजधानी विलिङटनमा पनि विश्वकपका खेलहरु आयोजना हुनेछन्।

    images

    त्यसैगरी अस्ट्रेलियाको सिड्नीसँगै मेलबर्न, ब्रिसबेन, एडीलेड र पर्थमा विश्वकपका खेलहरु आयोजना हुने तालिका सार्वजनिक गरिएको छ। महिला विश्वकप अन्तर्गत फाइनल खेल अगस्ट २० तारीखमा ‘सिड्नी स्टेडियम’मा आयोजना हुनेछ। 

    महिला विश्वकप फुटबलको पछिल्लो संस्करण संयुक्त राज्य अमेरिकाले जितेको थियो। फ्रान्समा आयोजित सन् २०१९ को विश्वकपमा अमेरिकाले फाइनल खेलमा नेदरल्याण्ड्सविरुद्ध २-० को जित हात पारेको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij