Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक, थपिए ६ नयाँ अनुहार

विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक, थपिए ६ नयाँ अनुहार

  • काठमाडौं।  नेपाली राष्ट्रिय टोलीको अन्तिम ‘२३’ सदस्यीय टोलीको सूची सार्वजनिक भएको छ। फिफा विश्वकप तथा एसियन छनोटका बाँकि खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेत भ्रमण गर्ने अन्तिम टोलीको घोषणा गरेका छन्। बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन्। उनले टोली छनोटमा केही अप्रत्याशित तथा ‘बोल्ड’ निर्णयहरु गरेको देख्न सकिन्छ।

    images
    images
    images
     

    राष्ट्रिय टोलीका नियमित नामहरूमा भरत खवास, रञ्जित धिमाल, रविशंकर पासवान र दर्शन गुरुङ जस्ता खेलाडी २३ सदस्यीय टोलीमा पर्न असफल भएका छन्। त्यस्तै अमित तामाङ, सेसेहाङ आङदेम्बे, निशान खड्का, विवेक बस्नेत र नितिन थापा टोलीमा अटाउन सफल हुन् सकेन।

    अल्मुताइरीले सुरज जिउ ठकुरी, मनिष डाँगी, कमल थापा, गौतम श्रेष्ठ,आयुष घलान र  गोलरक्षक विशाल सुनारलाई पहिलो पटक नेपाली टोलीमा समावेश गरेका छन्।

    कुवेतमा हुने विश्वकप छनोटका बाँकि खेलमा नेपालले जुन ३ मा चाइनिज ताईपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। त्यसअघि नेपालले मे २९ तारीखमा इराकसँग एक मैत्रीपूर्ण खेल पनि खेल्दै छ। नेपालले इराकसँग सन् २००१ पछि पहिलो खेल खेल्न लागेको हो।

    नेपाली टोली :

    गोलरक्षक: किरण चेम्जोङ, दिप कार्की, विशाल सुनार

    डिफेन्डर: दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, विकास खवास

    मिडफिल्डर: विशाल राई, मनिष डाँगी, सन्तोष तामाङ, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, सुनिल बल, आयुष घलान, एरिक विष्ट, कमल थापा, सुनिल बल

    फरवार्ड: अभिषेक रिजाल, अन्जन विष्ट, आशिष लामा, नवयुग श्रेष्ठ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij