Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

टोटेनहम छाड्ने योजनामा ह्यारी केन

टोटेनहम छाड्ने योजनामा ह्यारी केन

  • काठमाडौं । इङ्लिस क्लब टोटेनहमका फरवार्ड ह्यारी केनले क्लब छाड्ने योजना बनाएका छन् । केनले यही समर ट्रान्सफर विन्डोमा टोटेनहम छाड्न चाहेको जानकारी क्लबलाई गराइसकेको स्काई स्पोर्ट्सले बताएको छ ।

    images
    images
    images

    इङ्ल्यान्डका २७ वर्षीय फरवार्ड केनको नाम पछिल्लो समय अन्य इङ्लिस क्लब म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेडसँग जोडिएको छ । 

    आफ्नो व्यावसायिक करियरको उत्कृष्ट समय टोटेनहममै बिताएका केनले क्लबका लागि ३३४ खेलमा २२० गोल गरेका छन् ।

    सन् २००९ मा टोटेनहमको युवा टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका केनले क्लबका लागि कुनै उपाधि भने हात पार्ने भने सकेका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij