Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

सन्दीप लामिछानेद्वारा कोरोना सहयोग अभियान शुरू

सन्दीप लामिछानेद्वारा कोरोना सहयोग अभियान शुरू

  • काठमाडौं। नेपाली स्टार क्रिकेटर सन्दीप लामछानेले कोरोनाको महामारीविरुद्ध लड्न ३ लाख रुपैयाँ नगद सहयोग स्वरूप प्रदान गरेका छन्। नेपाली राष्ट्रिय क्रिकेटमा ख्याति प्राप्त खेलाडी सन्दीपले “टीम सन्दीप लामिछाने” नामक अभियानको घोषणा गर्दै आफूले सहयोग गरेको कुरा ट्विटर मार्फत जानकारी दिएका छन्।

    images
    images
    images

    देशमा तिब्र रूपमा कोरोना महामारी फैलिरहेको बेला ‘टीम सन्दीप लामिछाने’ मार्फत सबैले देशलाई सहयोग गर्न सक्ने कुरा पनि उनले बताएका छन्। उनले बैंक खाताको विस्तृत जानकारी आफ्नो औपचारिक ‘ट्विटर ह्यान्डल’मा प्रस्तुत गर्दै सम्पूर्ण नेपाली जनताले उक्त खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिएका हुन्।

    images

    अभियानको प्रारम्भ गर्दै उनले खातामा ३ लाख रुपैयाँ जम्मा गरेका हुन्। सन्दीपले गत वर्ष पनि कोरोनाको रोकथामलाई भनेर १ लाख रुपैयाँ सहयोग गरेका थिए।

    उनको अभियानमा साथ दिन जो कोहिले पनि निम्न लिखित खातामा आर्थिक सहयोग गर्न सक्नु हुनेछ।

    images
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij