Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

स्पेनिस ला लिगा : नाचो चम्किँदा रियल म्याड्रिडको जित, उपाधि नजिक

स्पेनिस ला लिगा : नाचो चम्किँदा रियल म्याड्रिडको जित, उपाधि नजिक

  • काठमाडौं । गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा रियल म्याड्रिडले एथलेटिको बिल्वाओलाई १–० गोलले पराजित गरेको हो । 

    images
    images
    images

    उक्त खेलमा रियलका लागि डिफेन्डर नाचो फर्नान्डेसले निर्णयक गोल गरे । उनले खेलको ६८औं मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन । खेलको ८९औं मिनेटमा बिल्वाओ १० खेलाडीमा समेटिएको थियो । सब्सिच्युट राहुल गार्सिया १० मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँएर मैदानाबाट बाहिर निस्किएका थिए । 
     
    जितसँगै रियल ८१ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै पराजित भएको बिल्वाओ ४६ अंकसहित नवौं स्थानमा रहेको छ ।

    उनले फुटबल करियरमा लियोनल मेसी र केलियन एमबाप्पेसँग खेलिसकेको बताउदै अब रोनाल्डोसँग पनि खेल्न मन लागेको बताए । उनले ब्राजिलका लागि विश्वकप जित्ने सपना पनि रहेको बताए ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij