
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफू पक्षका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा छलफलका लागि पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटपछि नेता महतोले आफू पक्षका सांसदहरुसँग छलफल गर्न लागेका हुन् ।
बिहीवार दिउँसो पार्टी कार्यालय बबरमहलबाट सांसदहरुलाई रिसोर्टमा लगेका हुन् ।
नयाँ सरकार गठनका लागि अहिले जसपा निर्णायक मानिएको छ । अध्यक्ष महन्थ ठाकुर र नेता महतो नयाँ सरकारमा नजाने घोषणा गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij