Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

जसपामा चर्कियो मतभेद, विभाजनतिर गएको हो?

जसपामा चर्कियो मतभेद, विभाजनतिर गएको हो?

  • काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) गम्भीर मोडमा पुगेको छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र  महतोलगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा प्रस्टै खुलेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराईलगायत कांग्रेस–माओवादी गठबन्धनसँग जोडिन पुगेका छन्। 

    images
    images
    images

    यही क्रममा ठाकुरले सोमबार राति निकालेको वक्तव्यले राजनीतिमा नयाँ तरंग ल्याएको छ। आन्दोलनको क्रममा लागेकाको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधनलगायत सवालमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रूपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन्। 

    images

    ठाकुरले अहिलेको अवस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावनाविरोधी काम भएको समेत उल्लेख गरेका छन्। उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेको समेत बताएका छन्। मुद्दा सम्बोधन नै जसपा नेपालको मूल उद्देश्य भएकाले अहिले वैकल्पिक सरकारमा सहभागी हुनुभनेको मधेश आन्दोलनको मर्म र भावना प्रतिकूल भएको उनको ठहर छ। उनले सरकारमा सहभागी हुँदा झन् अस्थिरता हुने र एजेण्डा सम्बोधनको कार्य अनिश्चिततातर्फ धकेलिने स्पष्ट पारेका छन्। 

    जसपाकै  संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई बिदा गरेर वैकल्पिक सरकार गठनमा खुलेर लागेको छन्। ठाकुरको वक्तव्यअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त पत्र लेखेर संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए। राष्ट्रपतिबाट त्यहीअनुसारको आह्वान भएको छ। अब दुई वा दुईभन्दा बढी दलको बहुमतमा सरकार बनाउन वैशाख ३० गते राति ९ बजेसम्मको समयसीमा छ। 

    मंगलबार कांग्रेस सभापति देउवा, माओवादीका अध्यक्ष दाहाल र जसपाका नेता यादव वैकल्पिक सरकार बनाउने अभियानमा लागिरहे। सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा पनि जसपा विभाजित देखियो। ठाकुर–महतो पक्षका १५ सांसद तटस्थ रहे। भट्टराई–यादव खेमाका १५ सांसदले विपक्षमा मतदान गरे। ठाकुर र यादवका मन्तव्य पनि त्यहीअनुसार आएका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij