Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

कस्तो छ कोरोना संक्रमित पूर्व राजा रानीको स्वास्थ्य अवस्था ?

कस्तो छ कोरोना संक्रमित पूर्व राजा रानीको स्वास्थ्य अवस्था ?

  • काठमाडौं । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था लगातार सुधार भइरहेको छ ।

    images
    images
    images

    १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले जनाएको छ। पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

    images

    यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उनको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

    स्वाव रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij