
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि आज प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको थियो ।
आज प्रतिनिधि सभाको विशेष अधिवेशन आज कुल २३२ मत परेको थियो । जसमध्येमा ओलीको पक्षमा ९३ मत परेको छ भने ओलीको बिपक्षमा १२४ मत परेको छ । त्यस्तै मत दिन्न भन्नेमा १५ मत परेको छ । ओलीले आफ्नै पार्टी नेकपा एमालेका सांसदहरुको समेत सवै मत पाउन सकेनन् । ओलीले विश्वासको मत लिने बेला एमालेकै २२ जना सांसद अनुपस्थित रहेका थिए ।
योसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij