
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत खनाल आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै बस्ने भएका छन् ।
सङ्क्रमित भएपछि गएको बैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij