Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

काठमाडौं उपत्यकामा चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

काठमाडौं उपत्यकामा चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

  • काठमाडौं । कोभिड–१९ बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजे देखि साँझ ७ बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

    images
    images
    images

    कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।

    images

    हाललाई काठमाडौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् । एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं.०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नं.९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij