
Jun 14 2025 | २०८२, जेठ ३१ गते
काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायत अन्य संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका लागि सिफारिस गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो ।
साथै कुन कुन पदमा कसलाई सिफारिस गरिएको भन्ने विवरण आउन भने बाँकी रहेको छ । संवैधानिक परिषद् बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित रहेका थिएनन् । सरकारले आफूखुसी संवैधानिक निकायमा नियुक्ती दिएको भन्दै सभापति देउवाले परिषद्को बैठकमा नजाने घोषणा गरेका थिए ।
आजको बैठकमा परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबराको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij