Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

देउवा भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा

देउवा भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटघाट भएको छ । शनिवार बिहान ठाकुर र महतो सभापति देउवालाई भेट्न देउवा निवास बूढानिलकण्ठमा पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार संसदबाट विश्वासको मत लिँदैछन् । जसपाभित्रै पनि ठाकुर पक्ष सरकारलाई विश्वासको मत दिने पक्षमा रहेका छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष सरकारको विपक्षमा मत दिने तरखरमा रहेका छन् । यसैबीच ठाकुरले कांग्रेससँग पनि विश्वासको मत दिने विषयमा छलफलका लागि बुढानिलकण्ठ पुगेको स्रोतले जनाएको छ ।

    images
    images
    images

    यसअघि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली दलबलसहित आफूलाई विश्वासको मत दिन आग्रह गर्दै देउवा निवास पुगेका थिए । तर सभापति देउवाले कांग्रेसले सरकारको विपक्षमा मतदान गर्ने बताएको थियो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij