
Jun 14 2025 | २०८२, जेठ ३१ गते
थापाले ट्वीटरमा लेखेका छन्ः दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना संक्रमण भएको छ । थापाले शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत् आफु दोस्रो पटक कोरोना संक्रमित भएको बताएका छन् । थापा यस अघि पनि कोरोना संक्रमित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली लगायत प्रधानमन्त्रीका सचिवाल र सुरक्षाकर्मी सबैलाई कोरोना परिक्षण गरिएकोमा थापालाई कोरोना पोजेटिभ देखिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij