Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको परिवार कोरोनाको चपेटामा परेको छ। उनको परिवारमा उनीबाहेक सबैमा कोरोना संक्रमण देखिएको छ। शिल्पा स्वयम्ले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। पछिल्ला १० दिनमा उनको सासु, ससुरा, श्रीमान्, छोरी, छोरा र आमामा पनि कोरोना पोजेटिभ देखिएको उनले इन्स्टाग्राममा उल्लेख गरेकी छिन्। सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको उनले जनाएकी छिन्। एजेन्सी।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij