Logo

Jun 14 2025 | २०८२, जेठ ३१ गते

Jun 14 2025 | २०८२, जेठ ३१ गते

प्रतिनिधिसभा अधिवेशनमा दुई कुर्सी खाली रहने

प्रतिनिधिसभा अधिवेशनमा दुई कुर्सी खाली रहने

  • सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनका क्रममा बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको प्रवक्ता डा। रोजनाथ पाण्डेले जानकारी दिए।

    images
    images
    images

    अघिल्लो अधिवेशनमा भने बीचमा एउटा कुर्सी खाली राखेर सदस्यलाई बस्ने व्यवस्था मिलाइएको थियो। सिट व्यवस्थापन गर्ने क्रममा दर्शकदीर्घालाई पनि बैठक कक्षका रुपमै प्रयोग गरिने छ। अधिवेशनमा सुरक्षा मापदण्ड कसरी अपनाउने भन्ने सम्बन्धमा सचिवालयले विशेषज्ञ टोलीलाई बैठक कक्षको स्थलगत निरीक्षण गराई सावधानीका उपायबारे रायसुझाव लिएको  डा.  पाण्डेले बताए।

    images

    विशेषज्ञ टोलीले सिट व्यवस्थापन गर्दा कम्तीमा दुई मिटरको  दूरी कायम गर्न, सेनिटाइजर पर्याप्त स्थानमा राख्न, जमघट र भेटघाट हुने चमेनागृह र शौचालय जस्ता स्थानमा आलोपालो मिलाएर जान र फर्कनका लागि फरकफरक बाटो तय गर्न सुझाव दिएको थियो।

    बैठक कक्षका झ्यालढोका पूर्णरुपमा खोल्न, आवागमन सहज तुल्याउन र विशेषज्ञ स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राख्न पनि टोलीले सचिवालयलाई परामर्श दिएको बताइएको छ ।

    सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गरिने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निर्यौल गर्ने छ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij