
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको हो । यसअघि बसेको माओवादी केन्द्रको बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयको जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको थियो ।
सो अनुसार आजको बैठकले उक्त निर्णय गरेको माओवादी केन्द्रको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । भोलि संघीय संसद सचिवालयमा सो सम्बन्धी पत्र दर्ता गराइनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij