
Jun 13 2025 | २०८२, जेठ ३० गते
ललितपुर । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसंगै उनले दुइ साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिने निर्णय गरेको बताएका छन् ।
उनले भनेका छन्– ‘अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु । प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु । चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगरका साथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु, धन्यवाद ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij