Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढ्यो

जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढ्यो

  • काठमाडौँ । जनता समाजवादी  पार्टी  (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी   विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा  ओलीले वैशाख  २७  गते संसद्मा  विश्वासको  मत  लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा  नेपालमा  महन्थ  ठाकुर पक्षीय  नेतृत्व  प्रधानमन्त्री ओलीप्रति नरम  छ  भने  उपेन्द्र  यादव  पक्ष विपक्षी  गठबन्धनतिर  देखिएको छ । 

    images
    images
    images

    यो सन्दर्भमा जसपा नेपालको महन्थ ठाकुर  पक्षले  राजनीतिक  सक्रियता बढाउँदै लगेको छ । जसपाको पार्टी कार्यालयका सचिव प्रदीप पाठकले अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य  र  सांसदहरूलाई  फोन  गरेर जानकारी  सङ्कलन  गरिरहेको  तथा मङ्गलबारसम्म  काठमाडौं  आउन सूचना दिइएको जानकारी दिए ।

    images

    केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसदहरू कहाँ रहेको भन्ने थाहा पाउन र संसद् बोलाइसकेकाले समयमै  काठमाडौँ आउन निर्देशन दिएकाले जसपाको पार्टी कार्यालयका सचिव पाठकले सम्पर्क गरेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा। सुरेन्द्र झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij