
Aug 11 2025 | २०८२, साउन २६ गते
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार सुदूरपश्चिम प्रदेश कमिटी हेरफेर भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले एमालेको सुदूरपश्चिम प्रादेशिक कमिटीको सह–इञ्चार्जमा हेरफेर गरेको हो । बैठकले गणेश ठगुन्ना र नारदमुनि रानालाई नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सह इन्चार्जको जिम्मेवारी दिएको छ । एमाले केन्द्रीय कमिटीले कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित रानालाई र दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित ठगुन्नालाई जिम्मेवारी दिएको हो । यस्तै सचिवको जिम्मेवारी राजेन्द्रसिंह रावललाई दिइएको छ । ओली समूहले जिम्मेवारी हेरफेर गरेकोे हो । राना अहिले संसदीय बोर्डका सदस्य छन् भने ठगुन्ना सामान्य प्रशासन मन्त्री छन् ।
यस अघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका थिए । एमालेले महाधिवेशन आयोजक कमिटी र प्रदेश पदाधिकारीहरूको नाम तल्लो तहमा पठाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij