Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

ओलीविरुद्ध देशव्यापी अभियान गर्ने : नेपाल

ओलीविरुद्ध देशव्यापी अभियान गर्ने : नेपाल

  • काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएपछि चित बुझ्दो नभएको भन्दै कारवाही गरिएपछि आक्रोशित बनेका नेपालले ओलीविरुद्धमा देशव्यापी रूपमा उत्रिन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् । नेता नेपालले ओली आफैले विघटन गरिसकेको कमिटीको अध्यक्ष नभएको भन्दै उनलाई कारवाही गर्ने अधिकार नै नभएको जिकिर गरेका छन् । केन्द्रीय कमिटी आफैं भंग गर्ने र महाधिवेशन आयोजक कमिटी बनाउनेलाई कारवाही गर्ने अधिकार नहुने उनले बताए ।

    images
    images
    images

    ओलीको पार्टी हितविपरीतका गतिविधिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने नेता नेपालले जनाए । संगठनलाई शसक्त बनाउँदै ओलीविरुद्ध देशव्यापी अभियान सञ्चालन हुने बताउँदै उनले त्यसका लागि नेताकार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

    images

    यसैबीच अर्का नेता रावलले ओलीको कारवाहीलाई ‘निरंकुश र स्वेच्छाचारीताको संज्ञा दिएका छन् । नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि रावलले सामाजिक सञ्जाजमार्फत कारवाही खारेजीको मागसमेत गरेका छन् ।

    ‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको सो निर्णयको भत्र्सना गर्दैै पूर्णरूपमा अस्वीकार गर्दछु, उनले भनेका छन् ।

    यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कारवाही घटनापछि प्रतिक्रिया दिँदै विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्था ख्याल गर्ने हो भने कोही पनि उद्धेलित हुनु नपर्ने बताएका छन् ।

    images

    नेपाल र प्रचण्डबीच भेटघाट

    यसैबीच नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमवार भेटघाट भएको छ । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ । कोटेश्वरमा भएको छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए ।यो खबर आजको राजधानी दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij