
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । आज देशभरको मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मौसम बदलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ । भने दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरीको आउने सम्भावना रहेकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij