Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा, देशभर १०७ स्थानमा सफाइ

वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा, देशभर १०७ स्थानमा सफाइ

  • काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।

    images
    images
    images

    विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसमेत सफाइ शुरु गरिएको छ । यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ ।

    images

    हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij