Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

नेपाल दक्षिण एसियाकै खुशी देश, फिनल्याण्डका नागरिक विश्वकै सर्वाधिक खुशी

नेपाल दक्षिण एसियाकै खुशी देश, फिनल्याण्डका नागरिक विश्वकै सर्वाधिक खुशी

  • काठमाडौँ । फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    images
    images
    images

    अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् । सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युजल्याण्ड बाहेक अरु सवै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ ।

    images

    सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ ।

    यस्तै नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।

    सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल यसपटक १३ स्थानभन्दा माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको थियो । कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

    images

    विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij