Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

चाल्नाखेल जंगलमा भेटिएका दुवै शवको पहिचान खुल्यो

चाल्नाखेल जंगलमा भेटिएका दुवै शवको पहिचान खुल्यो

  • काठमाडौं । काठमाडौंको चाल्नाखेल जंगलमा भेटिएका दुवै शवको पहिचान खुलेको छ । मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीय अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १७ वर्षीय मंगल तामाङ रहेका महानगरीय प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतले बताए । अर्जुनको सनाखत गर्नका लागि उनका दाजु घटनास्थलमा पुगेका छन् । बाङ्गेमुडामा बस्दै आएका उनीहरु हिजो खाना खाएर साथीको घर ललितपुर जाने भन्दै हिँडेका थिए । घटनास्थलमा प्रहरीले दुईवटा विषादीको बट्टा पनि भेटेका कारण आत्महत्या हुनसक्ने प्रारम्भिक अनुमान छ ।

    images
    images
    images

    ‘घटनास्थलबाट विषका बट्टाहरू फेला पारेका छन् हत्या वा आत्महत्या के हो भनिहाल्न सक्ने अवस्था छैन ।’ एसपी बस्नेतले बताए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij