
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । बिहिबार पत्रकार सम्मेलनमार्फत कर्णाली साहित्य समाज सुर्खेतले शताब्दी पुरुष सत्यमोहन जोशीलाई ताम्रपत्रसहितको यो सम्मान प्रदान गर्न लागेको जानकारी दिएको हो । जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए । २०७६ सालमा प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरी ललित विष्टकृत कथासंग्रह मोहपथलाई कर्णाली साहित्य समाज कृति पुरस्कार प्रदान गर्न लागिएको छ । यही चैत्र ११ गते वीरेन्द्रनगरमा आयोजिक एक कार्यक्रमका बिच नगद ५० हजार राशीको कृति पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । यो कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो पुरस्कार राशी भएको आयोजकको दावी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij