
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट सुन जस्तो देखिने पहेँलो धातुसहित एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब १ सय ग्राम बराबरको सुन जस्तो पहेलो धातुको १ थान औंठी र १ थान सुनको बालासहित लमजुङ बाग्लुङपानी गाउँपालिका-१ घर भएकी ४२ वर्षीया शान्ति गौतमलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एअर अरेबियाको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा उक्त धातु लैजान लागेको अवस्थामा फेला पारी शान्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij