
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । गुल्मीमा १५ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका-५ बस्ने ३६ वर्षीय विष्णु बहादुर सार्कीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विष्णु बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij