
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार १० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सीसाखानीलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो । सो भूकम्पको धक्का काठमाडौं उपत्यमासमेत महसुस गरिएको थियो । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्पन्न भइसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij