
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं ।आज (मंगलवार) जनता समाजवादि पार्टी (जसपा) को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक दिउँसो दुई बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्न लागेको हो । पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्ने विषयमा छलफल हुने जसपाका एक नेताले जानकारी दिएका छन् । जसपाको बिहीवार बस्न लागेको कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने तयारी रहेकाले आजको बैठक बस्न लागेको ।
त्यस्तै, नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ । बैठकमा सत्ता समीकरणको विषयमा पनि छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij