
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । गायिका टिका प्रसाई र गायक संजीव पराजुलीको स्वरमा ‘कान्छी कान्छा’ गीतको म्याजिक भिडियो सार्वजनिक भएको छ । बसन्त सापकोटाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
‘कान्छी कान्छा’ गीतमा नायक पल शाह र मोडल एलिसा राईको अभिनय रहेको छ । यस गीतको भिडियोमा कान्छी कान्छाको प्रेमलाई डान्सको मध्यमबाट निकै सरल ढंगबाट प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोमा छायांकन अर्जुन तिवारीको रहेको छ भने कोरियोग्राफर संंजीव समरको छ । भिडियोलाई लक्षमण पौडेलले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियोलाई संजीव पराजुलीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
video link :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij