Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

भोली काठमाडौंको विभिन्न स्थानमा सवारी सञ्चालन रोक, यस्तो छ सवारी रुट

भोली काठमाडौंको विभिन्न स्थानमा सवारी सञ्चालन रोक, यस्तो छ सवारी रुट

  • काठमाडौं । बिहीवारको शिवरात्रि पर्वका अवसरमा सवारी आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै पशुपति र आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरेको जनाएको छ । चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरे पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको । चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने महाशाखाको सूचनामा उल्लेख छ । द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने छ ।

    images
    images
    images

    यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

    images

    दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा तथा सेवाप्रदायक संस्थानका लागि देवउद्यानस्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको छ । यसैगरी महाशाखाले वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकेको छ ।

    5d366fc35cf258aca00004c5da79e2d51615354267.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij