Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

यस्तो रहने छ आजको मौसम

यस्तो रहने छ आजको मौसम

  • काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

    images

    आगामी २४ घण्टा देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई अपरान्हपश्चात देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij