
Aug 02 2025 | २०८२, साउन १७ गते
ललितपुर। ललितपुरको पाटनबाट झन्डै ४० वर्षअघि चोरिएको लक्ष्मीनारायण भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ । सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्याइएको मूर्ति अमेरिकाका संघीय जाँच आयोग ‘एफबीआई’ उपसहायक निर्देशक टिमोथी एन।ड्युनह्यामले नेपालका राजदूत डाक्टर युवराज खतिवडालाई फिर्ता गरेका हुन् । अमेरिकास्थित नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच मूर्ति हस्तान्तरण गरिएको हो । मूर्तिलाई अब युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पूरा गरी नेपाल ल्याइने दूतावासले जनाएको छ । दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो । सो मूर्ति ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा राखिएको थियो ।
३३ दशमलब ५ इन्च उचाई र १९ दशमलब २५ इन्च चौडाई रहेको वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको सो मूर्तिलाई सन् १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी गरी अवैधरुपमा अमेरिका पुर्याइएको थियो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij