Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपाल पुलिस क्लबले एपिएफलाई २५९ रनको लक्ष्य

नेपाल पुलिस क्लबले एपिएफलाई २५९ रनको लक्ष्य

  • काठमाडौं ।  काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले एपिएफलाई २५९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एपिएफविरुद्ध टस जितेर ब्याटिङ रोजेको पुलिसले पूरा ओभर खेल्दै ७ विकेट जाँदा २५८ रन बनाएको हो। पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले शतक बनाए। ऐरीले १३१ बलमा १४० रन बनाएका हुन्। चौंथो क्रममा ब्याटिङमा आएका दिपेन्द्रले सम्हालिएको खेल देखाउँदै टिमको रन उकासेका हुन्। शतक बनाउँदा उनले ११ चौका र ६ छक्का हाने। 

    images
    images
    images

    ओपनिङ ब्याटिङमा आएका कुशल भुर्तेलले २४ बलमा १० रन, सुनिल धमलाले ७२ बलमा ३३ रन साथै तेस्रो क्रममा आएका अमित श्रेष्ठले ९ बलमा १ रन मात्र बनाएका थिए। मन्जित श्रेष्ठले ६ बलमा ३ रन, पवन सर्राफले ३० बलमा ३५ रन र अनिल साहले २२ बलमा १८ रन बनाए। एपिएफका शरद भेषावकरले तीन, अभिनाश बोहराले दुई साथै अमर रौटेलाले एक विकेट लिए

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij