Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

नागरिकताको सिफारिसका लागि दिनहुँ वडा धाउँदै सेवाग्राही

नागरिकताको सिफारिसका लागि दिनहुँ वडा धाउँदै सेवाग्राही


  • काठमाडौं । टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आएका छन् । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिए । उनको धेरै ठूलो काम पनि थिएन । सबै प्रक्रिया पूरा भई सिफारिस मात्रै लिनुपर्ने भए पनि तीन दिनदेखि त्यही सिफारिसको पछाडि टेकबहादुृर दौडिरहेका छन् । “वडाबाट हुने सबै काम भएको भए पनि सिफारिस पत्र नपाउँदा दैनिकी वडा कार्यालयमै बिताउनु परेको छ”, टेकबहादुरले भने, “अझै कति समय लाग्ने हो थाहा छैन, दिनभर लाइनमा बस्यो, साँझसम्म काम बन्दैन, रित्तो घर फर्कनुपर्छ ।”    

    images
    images
    images

    त्यस्तै बाढीपीडित शिविरका जनक विक पनि तीन दिनदेखि वडा कार्यालय धाउँदै आएका छन्। जन्म दर्ताका लागि वडा कार्यालय पुगेका जनकको निवेदनले कार्यालयभित्र प्रवेश पहिलो दिनमै गरेको थियो । तीन दिन हुँदासम्म त्यो निवेदनको परिणाम जनकले पाउन सकेका छैनन् । “सबैभन्दा बढी भीड मालपोत कि प्रशासन हुन्छ भन्थे, त्योभन्दा बढी वडामा पनि रहेछ”, जनकले भने, “जनताबाट निर्वाचित भई आएका जनप्रतिनिधिले नागरिकको सेवा छिटोछरितोका लागि पहल गर्नुपर्ने हो, त्यो भएन, परिणाम नागरिकले दुःख पाउन थाले ।”

    images

    टेकबहादुर र जनक वडा कार्यालयमा सेवा लिन आएका दुई उदाहरणमात्रै हुन् । दैनिक सयौंको सङ्ख्यामा वडा कार्यालयमा सेवाग्राही आउँछन् । अधिकांश सेवाग्राहीको काम पहिलो दिनमा हुने कुनै सम्भावना नै हुँदैन । किनभने, पहिलो दिनकै सेवाग्राहीका फाइल कर्मचारीका टेबलमा भरिएका हुन्छन् । अहिले त सेवाग्राही पनि फाइल दिने र घर फर्कने गरेका छन् । 
        
    वडा कार्यालयको यो भीडभाड व्यवस्थित गरी सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि वडा विभाजनको विकल्प नरहेको वडासचिव चक्रबहादुर रावलले बताए । “मैले २०६३ सालदेखि वडा कार्यालयको वडा सचिवको रुपमा काम गर्दै आएको छु, अहिलेको मात्र होइन, यस्तो सेवाग्राहीको यो भीडभाड जहिले पनि उस्तै हो”, वडा सचिव रावलले भने, “वडामा चाहिने आवश्यक कर्मचारी थप हुँदै आएको छ, तर पनि सेवाग्राहीको काम सहज रुपमा हुन सकेको छैन, हामी कर्मचारीलाई पनि धेरै अप्ठ्यारो महसुस हुँदै आएको छ ।” उनले वडा विभाजन भएपछि सेवाग्राहीसँगै कर्मचारीलाई पनि सहज हुने भन्दै वडा विभाजन नै वडा नं १ को विकल्प हुनसक्ने बताए । वडा सचिव रावलले कार्यालय व्यवस्थापन भएपश्चात् केही सहज भए पनि सेवाग्राहीलाई थेग्न सक्ने अवस्था नरहेको बताए । सेवाग्राहीलाई सेवा लिन सास्ती भएकै कारण गत पुस २६ गते शुरु भएको नगरपालिकाको नगरसभा वडा विभाजनको विषयमा सहमति जुटाउन नसक्दा निष्कर्षविहीन भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij