
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । आइतबार राति पौने एक बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २, ०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ६९६ नम्बरको हाइस माइक्रो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारको क्रममा कोशी अस्पतालमा राति पौने २ बजे मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा माइक्रो चालक र परिचालक भने घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij