Logo

Aug 10 2025 | २०८२, साउन २५ गते

Aug 10 2025 | २०८२, साउन २५ गते

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्दको खोप लगाउने

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्दको खोप लगाउने

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार (भोलि) कोरोनाविरुद्दको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्दको खोप लगाएर नेपालमा दोस्रो चरणको खोप अभियान शुरुवात गर्न लागिएको हो । आइतवार बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए ।

    images
    images
    images

    भोलिदेखि नेपालमा दोस्रो चरणको खोप अभियान शुरु हुँदैछ । त्यस्तै भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ ।

    images

    दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिइनेछ । त्यस्तै ५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij